logo-img

प्रचण्ड पालैपालाे बालकोट र बुढानिलकण्ठ धाए, बढी बाठाे हुँदा तीन बल्ड्याङ खाए : चित्रबहादुर केसी

 राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दुईवटा ठूला पार्टी मिले पनि मुलुकमा केही उपलब्धि हुन नसक्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै केसीले वर्तमान प्रधानमन्त्रीले खेल नबुझेको भन्दै अब केही गर्न नसक्ने बताए । 

उनले भने, ‘ठूलो पार्टीले अर्थ र गृह मन्त्रालय किन नलिएको भन्ने कुरा म राजनीति नजान्नेले पनि बुझेको थिए । बुढानिलकण्ठमा भएको विवादलाई आधार बनाएर बालकोट पुग्नुभयो, त्यसको परिणाम प्रधानमन्त्रीले भोग्नुभएको छ । अब दुईवटा ठूला पार्टी मिसिएपछि हुनेवाला केही छैन । मुखको तितो पोख्ने मात्र हो ।’

पछिल्लो समय संसदभित्रको दोस्रो पार्टीले प्रधानमन्त्रीलाई पाँचै वर्ष सत्तामा राख्न नदिएको भन्दै केसीले प्रधानमन्त्रीले बल्ल खेल बुझेको बताए । 

उनले भने, ‘वर्तमान प्रधानमन्त्रीले बुझ्नुभएन, खेल । पुस १० गते तपाईं जहाँ पुग्नुभयो, त्यही दिनदेखि दसा सुरु भएको थियो । यसो भन्दा नराम्रो लाग्ला । तपाईं कतिपटक बालकोट जानुभयो, कतिपटक बुढानिलकण्ठ पुग्नुभयो, यसरी राजनीति चल्छ ? पछिल्लोपटक तपाईंलाई पाँचै वर्ष सत्तामा राख्न संसदभित्रको दोस्रो पार्टी मिसिएको थिएन । अहिले बल्ल भोग्नुभयो ।’ 



धेरै बाठो हुँदा प्रचण्डले तीन बल्ड्याङ खाएको पनि केसीले टिप्पणी गरे ।



  • प्रकाशित मिति : असार २५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया