पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भानुभक्त आचार्यले भाषा र साहित्यका माध्यमबाट राष्ट्रिय एकताको प्रवर्द्धनका लागि पुर्याएको विशिष्ट योगदानको स्मरण गरेका छन् ।
आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीका अवसरमा आज पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत भानुभक्त आचार्यद्वारा नेपाली भाषामा अनुवाद गरिएको वाल्मीकि रामायणले विविध भूगोल, जातजाति, संस्कार र संस्कृति अँगालेका नेपालीबीच अपनत्वको भावना र साझा मनोविज्ञानको निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको बताएकी छन् ।
उनले आचार्यप्रति सम्मान प्रकट गर्ने विशेष दिनका रूपमा भानु जयन्तीलाई ग्रहण गर्नुपर्ने उल्लेख गरेकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।