४८औँ संस्करणको कोपा अमेरिका फुटबलमा तेस्रो स्थानका लागि भइरहेको प्रतिस्पर्धामा १५ पटकको विजेता उरुग्वेविरुद्ध क्यानडाले २–१ को अग्रता लिएको छ । क्यानडाले खेलको ८०औँ मिनेटमा अग्रता लिएको हो ।
जोनाथन डेविडको गोलमा क्यानडा अहिले २–१ ले अघि छ । त्यसअघि खेलको आठौँ मिनेटमा रोड्रिगो बेन्टान्करले गोल गर्दै उरुग्वेलाई सुरुवाती अग्रता दिलाए । तर, उसको अग्रता लामो समयसम्म टिक्न सकेन ।
२२औँ मिनेटमा इस्माइल कोनेले गोल गर्दै खेललाई १–१ को स्थितिमा ल्याएका थिए । सेमिफाइनलमा क्यानडा अर्जेन्टिनासँग तथा उरुग्वे कोलोम्बियासँग पराजित भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।