प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेपछि कांग्रेसको समर्थनमा ओलीले शुक्रबार नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।
प्रधानमन्त्रीमा नियुक्त ओलीको शपथ सोमबार बिहान ११ बजेका लागि तयारी गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । ७३ वर्षीय ओली चौथो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्मा विश्वासको मत नभएपछि शुक्रबार नै संविधानको धारा ७६(२)अनुसार सरकार गठनको आह्वान भएको थियो ।
नेपाली कांग्रेस र नेकपा एमालेले १६६ सांसदको हस्ताक्षरसहित शुक्रबार नै दाबी पेस गरेका थिए । प्रधानमन्त्री ओलीको सपथ सोमबार बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।