नाइट ड्युटीको असरबाट कसरी पाउने छुटकारा ?

एजेन्सी– नाइट ड्युटी अर्थात् निद्राको कमी, आरामको कमी र शरीरका लागि असर । रातिको समयमा काम गर्दा दैनिक कार्ययोजना बिग्रिने गर्छ । खान– पिउनेदेखि सुत्ने समय पनि मिल्दैन । हाम्रो शरीरलाई राति सुत्ने बानी परेको हुन्छ । तर, नाइट ड्युटीमा निदाउनु त के सुत्नेबारे सोच्न पनि मिल्दैन । यसले गर्दा छटपटी हुन थाल्छ, टाउको दुख्न थाल्छ र कसैसँग कुरा गर्न मन पनि लाग्दैन । यसबाट बच्ने केही उपाय यस्ता छन् :

१. दिउँसो आराम गर्ने । दिउँसो कोठामा आराम गर्दा कोठालाई पूरै अँध्यारो र सुनसान बनाउनुपर्छ, जसले निद्रा नबिग्रियोस् । यसो गर्दा चिढ्चिढापन हराउँछ । हैरान हुनबाट छुटकारा मिल्छ ।

२. प्राणयाम गर्ने । यसमा पनि बज्रासनले पनि इरिटेसनबाट छुटकारा दिलाई एकाग्रता बढ्छ ।

३. खाना खाइसकेपछि मात्र ड्युटी गर्ने । नाइट ड्युटी गर्दा ८ देखि १० बजेको बीचमा जसरी भए पनि डिनर अनिवार्य रूपमा खानुपर्छ ।

४. सामान्यतया खाना खाइसकेपछि निद्रा लाग्छ भन्ने सोच धेरैमा हुन्छ । यस्तो अवस्थामा थोरै खाना खाएर काममा जान सकिन्छ । खानामा ब्राउन राइस, सलाद, दही वा जुस  खाँदा राम्रो हुन्छ ।

५. आयुर्वेदका अनुसार रातिको समयमा लगातार घन्टौँसम्म जाग्नाले शरीरमा वाटा ड्राइनेस हुन्छ । त्यसैले यसका लागि रातमा थोरै वर्कआउट गर्नुपर्छ । 



६. यसबाट बच्नका लागि अश्वगंधाको प्रयोग गर्नुपर्छ । यसले नर्भ सिस्टमलाई राम्रो बनाउने मात्र नभई शरीरमा शक्तिको लेभल पनि बनाउने गर्छ । साथै यसले निद्रा पनि राम्रोसँग लगाउन मद्दत गर्छ । 
 



  • प्रकाशित मिति : बैशाख ११, २०७६ बुधबार १७:३०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया