प्रिमियर लिग : युनाइटेडलाई २–० ले हराउँदै शीर्षमा उक्लियो सिटी

लन्डन– इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई २–० ले हरायो । जितसँगै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ । 

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको दोस्रो हाफमा सिटीका बर्नार्डो सिल्भा र लिरोय सानेले गोल गरे । ५४औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६६औं मिनेटमा सानेले गोल थपे । 

पहिलो स्थानमा उक्लिएको सिटीको ३५ खेलबाट ८९ अंक छ । समान खेल खेलेको लिभरपुल १ अंकले पछाडि परेको छ । लिगमा यी दुई टिमबीच कडा प्रतिस्पर्धा देखिएको छ । पछिल्ला पाँच खेलमा दुवैले शतप्रतिशत जित निकालेका छन् । 

सिटीले २९ खेल जित्दा ४ खेल हारेको छ, २ खेल बराबरी खेलेको छ । लिभरपुलले २७ खेल जित्दा १ खेल मात्र हारेको छ र ७ खेल बराबरी खेलेको छ । शीर्षमा यी दुई टिम आलोपालो गरिरहेका छन् । 

तेस्रो स्थानमा रहेको टोटेनह्यामको ७० अंक छ । पछिल्ला पाँच खेलमा उसले दुई खेल गुमाएको छ । म्यानचेस्टर युनाइटेड भने ६४ अंकसहित छैटौं स्थानमा छ ।





  • प्रकाशित मिति : बैशाख १२, २०७६ बिहीबार ८:२५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया