गोरखा– सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनः निर्माण छिटो सक्न निर्देशन दिएका छन्। शुक्रबार गोरखा दरबारको निरीक्षण गर्दै सभामुख महराले पुनःनिर्माणको कार्य सुस्त गतिमा भइरहेको प्रति चिन्ता व्यक्त गरे । उनले यो काममा कुनै पनि ढिलासुस्ती नगर्न कर्मचारीहरूलाई निर्देशन पनि दिएका छन् ।
ऐतिहासिक महत्व रहेको गोरखा दरबारको मौलिक संरचना कत्तिपनि नविग्रने गरी पुनःनिर्माण गर्न आग्रह गर्दै गोरखा दरबारको संरक्षण संवर्दन र प्रवर्दनमा सरकार, स्थानीय निकाय र सरोकारवाला सवैको चिन्ता र चासो हुनुपर्ने उनको भनाई छ ।
गोरखा दरबारलाई ऐतिहासिक, पुरातात्विक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सवै लागि पर्नुपर्ने उनले बताए ।
सभामुख महराले महराले गोरखा संग्रहालयको समेत अवलोकन, निरीक्षण गरी पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षणमा सबै लागि पर्नुपर्ने बताए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।