कपाल पाल्न चाहनेलाई कवि विप्लव प्रतीकका टिप्स
सबै तस्वीर: विप्लव प्रतीककाे फेसबुकबाट ।

काठमाडौं– नेपाली कविता तथा गीतसँग नजिक हुनेहरुका लागि विप्लव प्रतीक चिनाइरहनु पर्ने नाम होइन । पछिल्लो समय उनको उपन्यास अविजित पनि चर्चामा नै रह्यो । 

विप्लवको लेखन जति चर्चामा हुन्छ, उनको जीवनशैली पनि बारम्बार चर्चामा आउँछ । झन्, उनको कपाल पनि चर्चामा नै हुन्छ । कतिले त उनलाई चुल्ठे कवि पनि भन्छन् । 

काठमाडौंका यी 'चुल्ठे कवि'लाई हामीले कपाल राम्रो बनाउन वा पाल्न चाहनेलाई केही टिप्स दिन अनुरोध गर्यौँ । उनले भनेः

 

१. केमिकल हालिएको बजारको तेल लगाउनु हुँदैन ।



२. शुद्ध तोरीको तेल वा जैतुनका तेल, नरिवलको तेल कपालका लागि एकदमै राम्रो हुन्छ । त्यसैले यसको प्रयोग गर्दा राम्रो ।

३. राती सुत्नुभन्दा अधि सके सधैं नभए कम्तिमा पनि साताको दुई दिन तेल लगाएर सुत्ने गर्नुहोस् । र, विहान उठेर कपाल राम्रोसँग धुनुहोस् । 



४. कपाललाई हल्का मसाज गर्नुहोस् । कपाललाई जोड जोडले मसाज नगरी चक्र–चक्र बनाएर मसाज गर्नुपर्छ ।

६. कपाललाई प्रकृतिले जस्तो दिएको छ त्यस्तै रहन दिनुपर्छ । यसमा आइरन लगाउँदा सधैका लागि बिग्रिन सक्छ । कहिलेकाहीँ कपाल ड्यामेज हुन सक्छ, त्यसैले आइरन लगाउने काम गर्नै हुँदैन । 

७. रबरव्यान्डले कपाल बाँध्दा कपाललाई हानी गर्छ । त्यसैले कपाल बाँध्दा क्लिपको प्रयोग गर्दा निकै राम्रो हुन्छ । 

८. कपाल स्वस्थ राख्न सकेसम्म हरियो तरकारी खानुपर्छ, आवश्यकता भन्दा बढी चिल्लो खानुहुँदैन । के खाइन्छ भन्ने कुराले कपाललाई प्रभाव पार्ने भएकाले यसबारे सचेत हुनुपर्छ । फलपूmल चाहिँ बढी खाएकै राम्रो हुन्छ । 

१०. कपाल राम्रो बनाउनु छ भने निद्रा पनि राम्रो हुनुपर्छ । त्यसैले कपाल राम्रो बनाउन चाहनेले निद्रामा पनि ध्यान दिनुपर्छ ।

  • प्रकाशित मिति : बैशाख १३, २०७६ शुक्रबार १०:५१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया