धनिया किन खाने ? यस्तो छ फाइदा

धनिया एक जादुमयी बिरुवा हो । धनिया खानेबानी बसेपछि योबिना खानेकुरा रुच्दैन । धनिया स्वास्थ्यका लागि पनि आवश्यक छ । धनियाको दानाभन्दा पातको प्रयोग धेरै गरिन्छ । यसको दाना धेरै गुणकारी हुन्छ । धनियाको दानाले स्वास्थ्य सम्बन्धी कुन–कुन समस्यालाई निको पार्छ ? 

पाचन प्रक्रियामा सुधार

धनिया पाचन प्रक्रियालाई बलियो बनाएर राख्छ । पेट सुनिन्ने, ग्याष्ट्रिक, झाडापखाला, वान्ता आदि जस्ता विभिन्न समस्याहरूलाई कम गर्न मदत गर्दछ । धनियामा ‘डायटरी फाइवर्स’ हुन्छ । त्यसैगरी यसमा एन्टीअक्सिडेंन्टस पनि पर्याप्त मात्रामा हुन्छ । जसका कारण फोक्सो सही तरिकाले आफ्नो काम गर्दछ ।

बोसो घटाउछ 

धनिया ‘ब्याड कलेस्ट्रल’ को कम गर्नमा मदत गर्दछ भने ‘गुड कलेस्ट्रल’ को मात्रालाई बढाउँनमा मदत गर्छ । धनियामा कपर, जिंक, आइरन लगायत अन्य जरुरी तत्व प्रचुर मात्रामा हुन्छन् जसले ‘रेड ब्लड सेल्स’ को मात्रा बढाउनमा पनि मदत गर्दछ । यसले मुटुलाई पनि सुरक्षित राख्ने गर्छ । धनियाले शरीरको ‘मेटाबाँलिज्म’ लाई पनि सुधार गर्ने गर्छ ।

डाइविटिजका लागि लाभकारी



डाइविटिजबाट पीडितहरूका लागि धनिया प्रभावकारी छ । यसमा धेरै मात्रामा ऐंटीअक्सिडेन्टस र अन्य जरूरी तत्व हुन्छ । जसले ब्लड सुगरलाई रेग्युलेट गर्न मदत गर्छ । यसका साथै धनियाले तौल घटाउन र मोटोपन कम गर्न मदत गर्दछ ।

कपाल र छालाका लागि फाइदा



धनियामा भिटामिन के, सी, बी र अन्य मिनिरल्स प्रचुर मात्रामा पाइन्छ । यसले कपाल र छालालाई राम्रो बनाउनका लागि लाभदायी हुन्छ । खानासँगै धनिया नियमित रुपमा खानाले छाला स्वस्थ हुन्छ ।

  • प्रकाशित मिति : बैशाख १३, २०७६ शुक्रबार १३:५३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया