विद्यार्थीलाई टेलिकमकाे सिम निःशुल्क, ५० रुपैयाँ बोनस

नेपाल टेलिकमले एसइई दिएका र उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई दिइरहेको अफरलाई निरन्तरता दिएको छ । यो अफरअन्तर्गत विद्यार्थीले सिम निःशुल्क पाउँछन् भने ५० रुपैयाँ बराबरको टक टाइम पनि पाउनेछन् ।

५० रुपैयाँमध्ये १० रुपैयाँबाट कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न सकिने सुविधा छ । बाँकी ४० रुपैयाँबाट ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ । ३० दिनको अवधिमा यो सुविधा उपभोग गरिसक्नुपर्ने व्यवस्था छ ।

विद्यार्थी अफरअन्तर्गत सिम लिएका ग्राहकलाई ६ महिनासम्म प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस गर्ने निःशुल्क सुविधा हुने टेलिकमले जनाएको छ । हरेक महिना दिइने यो सुविधा ७ दिनभित्र उपयोग गरिसक्नुपर्छ । यो अफर अन्तर्गतको सिममा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा १ वर्षसम्म बोनस उपलब्ध हुनेछ ।

५० रुपैयाँ रिचार्ज गर्दा बोनसको रुपमा १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिन निःशुल्क गर्न सकिनेछ । यो बोनस ३ दिनमा उपभोग गर्नुपर्ने हुन्छ । असार २६ सम्म यो अफर उपलब्ध हुने टेलिकमले जनाएको छ ।

एसइई दिएका विद्यार्थीहरुले सो सिम लिन विद्यालयको परिचय पत्र वा परीक्षाको प्रवेश पत्र, फोटो र आफ्नो अभिभावकको नागरिकताको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ । त्यसैगरी, उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीहरुले आफ्नो नागरिकताको प्रमाणपत्र, फोटो र उच्च मावि वा कलेजको परिचय पत्रको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ ।





  • प्रकाशित मिति : बैशाख १३, २०७६ शुक्रबार १५:३५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया