सरकार एक्लैले मुलुकको विकास गर्न सक्दैन : डा. भट्टराई

काठमाडौं–  पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सरकार एक्लैले मुलुकको विकास गर्न नसक्ने बताएक छन् । सरकारसँग सहकार्य गरेर मुलुकको विकास र समृद्धिको अभियानमा जुट्न संयोजक भट्टराईले निजी क्षेत्रका व्यवसायीलाई आग्रह गरेका छन् ।

भृकुटीमण्डपमा शुक्रबारबाट सुरु भएको ‘आन्तरिक पर्यटन मेला’मा बोल्दै उनले पर्यटन क्षेत्रको विकासका लागि लगानी भित्र्याउने काम निजी क्षेत्रले नै गर्नुपर्ने र त्यसका लागि सरकारले पूर्वाधार विकास र आवश्यक नीति तर्जुमा गरिदिनुपर्ने भट्टराईको तर्क छ । पर्यटन क्षेत्रको प्रवर्द्धन गरेर मुलुकलाई समृद्ध बनाउन संयोजक भट्टराईले व्यवसायीलाई आग्रह गरे । 

दुई लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको मेलाले पर्यटन प्रवर्द्धनमा उल्लेख्य योगदान पुग्ने विश्वास आयोजकको छ । मेलाको मूल नारा ‘पहिला देश अनि विदेश’ भन्ने छ । 





  • प्रकाशित मिति : बैशाख १३, २०७६ शुक्रबार १८:४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया