नेकपा एमालेले सात वटै प्रदेशमा नयाँ इन्चार्जहरू तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा इन्चार्ज तोकेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।
यस्तै, उनले कोशी प्रदेशमा शेरधन राई, मधेस प्रदेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा डा.राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखनाथ भट्ट रहने गरी इन्चार्ज तोकिएको बताए ।
उनले भने,‘बैठकले कार्यविभाजनको काम गरेको छ । यसमा प्रदेश इन्चार्जहरू तोक्ने काम भएको छ । जसमा शेरधन राई, कोशी, लीलानाथ श्रेष्ठ मधेस, डा. राजन भट्टराई, बागमती, किरण गुरुङ, गण्डकी, पद्मा अर्याल, लुम्बिनी, गोरखबहादुर बोगटी, कर्णाली र लेखनाथ भट्ट, सुदूरपश्चिम प्रदेश गरी तोकिएको छ ।’
यसको साथै, उपाध्यक्षको रिक्त पदमा स्थायी कमिटिका सदस्य गुरु बराललाई मनोनयन गर्ने, आन्दोलनका अग्रज नेता मुकुन्द न्यौपाने र मधेस प्रदेशका पोलिटब्यूरो सदस्य लिलानाथ श्रेष्ठ दुई जनालाई पार्टी स्थायी कमिटिको सदस्यमा मनोनयन गर्ने निर्णय भएको छ ।
यस्तै, सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सप्तरी), रामपृत राम (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम), गोविन्द पुन (सल्यान), केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), भरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की),मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) गरी १७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय पनि भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।