काठमाडौं– भृकुटीमण्डपमा पहिलो आन्तरिक पर्यटन मेला जारी छ । शुक्रबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्घाटन गरेको मेला आज साँझसम्म चल्नेछ । मेलामा बिहानैदेखि अवलोकनकर्ताको भिड देखिएको छ ।
सरकारको ‘भिजिट नेपाल २०२०’ अभियानमा सघाउने उद्देश्यले ‘पहिले देश अनि विदेश’ भन्ने नाराका साथ गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको मेलामा पर्यटकीय क्षेत्र र सेवाबारे जानकारी दिन ११२ स्टल राखिएका छन् ।
आन्तरिक पर्यटन संस्कृतिको विकासले मात्र पर्यटन क्षेत्रलाई दिगो रुपमा स्थापित गर्नसक्ने बुझाइका साथ मेला आयोजना गरिएको आयोजक गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारी ‘अविरल’ बताउँछन् । २ लाखजनाले मेला अवलोकन गर्ने आयोजकको आकलन छ ।
भृकुटीमण्डप प्रदर्शनी हलसहितको चौरमा लागेको दुई दिने मेलामा ७७ वटै जिल्लाका पर्यटकीय क्षेत्र तथा संस्कृतिको झल्को भेटिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।