logo-img

उपेन्द्रको आरोप : माओवादी–एमाले मिलेर जसपा फुटाए, कांग्रेस–एमाले मिलेर समानुपातिक प्रणाली खारेज गर्दै छन्

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले समावेशितालाई अन्त्य गर्नका लागि कांग्रेस–एमाले मिलेर सरकार बनाएको आरोप लगाएका छन् । उनले समावेशिता सहितको लोकतन्त्रलाई हटाएर राजनीतिक स्थिरता खोज्न नहुने दाबी गरे । 

शनिबार काठमाडौंमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष यादवले कांग्रेस–एमाले मिलेर समानुपातिक प्रतिनिधित्व प्रणालीलाई खारेज गर्ने षड्यन्त्र गरेको आरोप लगाए ।

उनले संघीयता र समावेशिताका कारण नभई दलहरुकै कारण मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको धारणा राखे । नेपालको अहिलेसम्मका आन्दोलनको ठूलो उपलब्धि समावेशिता भएको र राज्यकै तर्फबाट नै अहिले समावेशी लोकतन्त्रमाथि प्रहार भइरहेको यादवले जिकिर गरे ।

उनले यसअघि पद र पैसाको लोभमा माओवादी र एमाले मिलेर आफ्नो पार्टी फुटाएको आरोप समेत लगाए ।





  • प्रकाशित मिति : साउन १९, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया