जेट एयरवेजका कर्मचारीले आत्महत्या गरे

एजेन्सी– भारतको पालघर जिल्लाको नालासोपरामा रहने जेट एयरवेजका एक कर्मचारीले आत्महत्या गरेका छन् । प्रहरीले उनी क्यान्सर पीडित भएको बताएको छ । तर, जेट एयरवेज बन्द भएपछि डिप्रेसनमा गएकाले उनले आत्महत्या गरेको हुनसक्ने आशंका पनि गरिएका छन् । 

८ हजार करोड ऋण संकटमा गुज्रिएको जेट एयरवेजले आफ्ना सबै सेवा बन्द गरेको छ । त्यहाँ काम गर्ने कर्मचारीले महिनौँदेखि तलब पाएका थिएनन् । 

शनिबार आत्महत्या गरेका शैलेश सिंह ४५ वर्षका थिए र उनी जेट एयरवेजमा सिनियर टेक्निसियनका रुपमा काम गर्थे । उनले पनि चार महिना यता तलब पाएका थिएनन् । शनिबार उनले आफ्नो घरको चौथों तलाबाट हाम्फालेर आत्महत्या गरेका हुन् ।

जेट एयरवेज बन्द भएपछि त्यहाँका कर्मचारीले आत्महत्या गरेको यो पहिलो घटना हो । शैलेशका दुई छोरा र दुई छोरी र पत्नी छन् ।

उता, एयरलाइन्सका अन्य कर्मचारीले नयाँ दिल्लीमा मैनबत्ती जुलुस निकालेका छन् । उनीहरुले आफ्नो तलब पाउनु पर्ने माग गरेका छन् । जेट एयरवेजमा लगभग २२ हजार कर्मचारी कार्यरत थिए । एयरलाइन्सले उनीहरुले पाउनु पर्ने तलबको विषयमा पछिल्लो समय केही बताएको छैन ।





  • प्रकाशित मिति : बैशाख १४, २०७६ शनिबार २३:३७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया