logo-img

मनाइयो अडानको १९ औँ स्थापना दिवस

देशभर रहेका लेखा परीक्षकहरूको संस्था नेपाल अडिटर्स एशोसियन (अडान) को १९ औँ स्थापना दिवस मनाइएको छ । शनिबार साँझ काठमाडौंमा भएको अडानको स्थापना दिवसको विशेष समारोहको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत सहभागी थिए । 

उद्घाटन समारोहमा अर्थमन्त्री पौडेलले अहिले देखिएको आर्थिक सङ्कट अस्थायी रहेको र क्रमशः सुधार हुँदै आइरहेको बताए । जसका लागि अडिटर्सहरूको भूमिका महत्त्वपूर्ण हुने पनि उनले  बताए । 

लेखापरीकहरूलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अर्थतन्त्रमा रहेको समस्या हल गर्न मौद्रिक नीतिमार्फत सम्बोधन गरेको बताए । उनले वित्त नीति मार्फत पनि सरकारले आर्थिक क्षेत्रका लागि कार्यक्रमहरू ल्याउन लागेको उल्लेख गरे । सुशासनको महत्त्वपूर्ण कुरा लेखा परीक्षणसँग जोडिएको बताउँदै उनले एकाउन्टेन्स र अडिटिङमा पारदर्शीता कायम गर्न ठूलो भूमिका रहेको बताए ।

‘हिसाब किताब चुस्त दुरुस्त राख्ने, त्यसलाई पुनः परीक्षण गरेर हेर्ने, चाहे राज्य संयन्त्रको होस वा अन्य निकायको होस त्यसको हिसाब किताब हेर्ने काममा महत्त्वपूर्ण भूमिका छ,’ कार्यक्रममा उनले भने ।

यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले मौद्रिक नीतिले परिवर्तन गरेका व्यवस्थाले निजी क्षेत्रको मनोबल उच्च बनाएको बताए । अडानको १९ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मौद्रिक नीतिले परिवर्तन गरेका व्यवस्थाले निजी क्षेत्रको मनोबल उच्च बनाएको बताए । 

मौद्रिक नीतिको असरले उद्योगी व्यवसायी, बैंकर्स र सर्वसाधारणको गिरेको मानसिकता र मनोबल उठेको पाएको भन्दै उनले गिरेको मनोबल उच्च बनाउन निजी क्षेत्र, सरकारका सम्बन्ध निकायहरूको महत्त्वपूर्ण भूमिका रहने बताए।



‘यो वर्षको मौद्रिक नीति राष्ट्र बैंकले अन्तर्राष्ट्रिय परिवेश र आन्तरिक अवस्था सबैलाई केलाएर ल्याइएको छ,’ उनी भन्छन्, ‘चालु आर्थिक वर्षको मौद्रिक नीति गत वर्षको भन्दा लचिलो भएको भन्दै त्यसले बजारमा पार्ने असरका विषयमा राष्ट्र बैंक सतर्क रहेको छ ।’ 



  • प्रकाशित मिति : साउन २१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया