सिम्रिक एयरले ल्यायाे नयाँ हेलिकप्टर

काठमाडौं– सिम्रिक एयरले शनिबार नयाँ हेलिकप्टर ल्याएकाे छ। सिम्रिकले एयरबस कम्पनीको उत्पादन एएस ३५० बीथ्री ई नामको हेलिकप्टर ल्याएकाे हाे । 

९एन एएनबी कलसाइनको ६ सिट क्षमताको उक्त हेलिकप्टर शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको हो । नेपालको हवाई उडान क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक प्रक्रिया पूरा गरेर एक सातामै हेलिकप्टरकाे उडान गरिने सिम्रिक एयरका महाप्रबन्धक प्रेमबहादुर थापाले बताए।

सन् २०१८ मा निर्माण गर्न सिम्रिकले अर्डर दिएको थियाे । यो हेलिकप्टरमा करिब ३० करोड रुपैयाँ खर्च भएको थापाले बताए। सिम्रिकसँग योसहित पाँच वटा हेलिकप्टर पुगेका छन् । एउटा पाँच सिट र बाँकी चारवटै ६ सिट क्षमताको भएको उनले बताए।





  • प्रकाशित मिति : बैशाख १५, २०७६ आइतबार ९:११:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया