logo-img

प्रशिक्षणका लागि नेपाली क्रिकेट टिम भारत प्रस्थान

नेपाली क्रिकेट टोली प्रशिक्षणका लागि भारत प्रस्थान गरेको छ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडामा हुने एकदिवसीय शृंखलाको तयारीका लागि टिम सोमबार भारत प्रस्थान गरेको हो ।  

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टिमले भारतमा दुई साता प्रशिक्षण गर्नेछ । नेपालले भारतको बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा अभ्यास गर्ने क्यानले जनाएको छ । 

भारतमा प्रशिक्षण गरेपछि नेपाली टिम सेप्टेम्बरमा हुने सिरिजका लागि क्यानडा भ्रमणमा निस्कनेछ । 







  • प्रकाशित मिति : साउन २८, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया