[स्पेनको मतपरिणाम] सत्तारुढ समाजवादी पार्टी पहिलो, सान्चेजकै नेतृत्वमा गठबन्धन सरकार बन्ने

मड्रिड– स्पेनको संसदीय निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार, सत्तारुढ सोसलिस्ट वर्कर पार्टी नै पहिलो भएको छ । प्रधानमन्त्री पेड्रो सान्चेजकै नेतृत्वमा अब नयाँ सरकार बन्नेछ ।

३५० सिटको तल्लो सदन र २६६ सिटको माथिल्लो सदन लागि आइतबार भएको निर्वाचनमा समाजवादी नेता पेड्रो सान्चेजको दलले १२३ सिट हात पार्यो । बहुमत सरकार गठनका लागि १७६ सिट आवश्यक छ । कुनै दलको बहुमत नभएकाले सबैभन्दा धेरै सिट जितेको सोललिस्ट वर्कर पार्टीले मिलिजुली सरकार बनाउनेछ ।

बितेका चार वर्षमा स्पेनमा भएको यो तेस्रो निर्वाचन हो ।

सान्चेजले गठबन्धन सरकार गठनका लागि क्षेत्रीय दलहरुसँग वार्ता सुरु गरेका छन् । जितपछि समर्थकलाई सम्बोधन गर्दै सान्चेजले संविधानको सम्मान गर्ने र सामाजिक न्यायलाई प्राथमिकता दिने बताएका छन् ।





  • प्रकाशित मिति : बैशाख १६, २०७६ साेमबार ९:३२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया