बारामा विषाक्त खानेकुरा खाँदा एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ । बाराको सिम्रौनगढ नगरपालिका–७ झवानी टोलमा नरेश रामका तीनजना छोराछोरीकी मृत्यु भएको हो ।
नरेशरामका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया छोरी पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दनको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार नरेशको परिवार घरनजिकैको पोखरीबाट ल्याएको माछा खाएर सुतेको थियो । राति नै बालबालिकामा पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या देखिएको थियो ।
सिकिस्त बिरामी परेका उनीहरूलाई उपचारका लागि सिम्रौनगढ पुर्याइएको थियो । उपचारका लागि लैजाँदै गर्दा लालिमाको बाटैमा मृत्यु भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।