हुम्लामा अज्ञात राेगबाट मृत्यु हुनेकाे संख्या १० पुग्याे

हुम्ला–  हुम्लाको ताजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या साेमबारसम्म १० पुगेको छ।

दक्षिण क्षेत्रको ताजाकोट गाउँपालिकामा पहिचान हुन नसकेकाे रोगका कारण आज थप १ जनाको मृत्यु भएपछि अहिलेसम्म मृत्यु हुनेकाे संख्या १० पुगेकाे हाे । यस राेगबाट २ सयभन्दा बढी विरामी परेका छन्।

आज ताजाकोट गाउँपालिका वडा नम्बर ५ भदौरा गाउँका का ६२ बर्से पबित्रा बोहोराकाे मृत्यु भएकाे हाे । बोहोराको पनि यसै रोगका कारण मृत्यु भएको मैला स्वास्थ्यचौकीले जानकारी दिएकाे छ।

उक्त गाउँमा चैत्र अन्तिम सातादेखि रोग फैलिएको थियो।






  • प्रकाशित मिति : बैशाख १६, २०७६ साेमबार १०:३४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया