सरकारद्वारा नेकपा महासचिव पौडेलको बालुवाटारस्थित जग्गा रोक्का

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का महासचिव विष्णु पौडेलले किनेको प्रधानमन्त्री निवास बालुवाटार परिसरको जग्गा सरकारले रोक्का गरेको छ ।

पूर्वसचिव शारदा त्रितालको नेतृत्वमा गठित आयोगको सिफारिसका आधारमा  मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि उक्त जग्गा रोक्का राखिएको भूमि सुधार मन्त्री  पद्मा अर्यालले पुष्टि गरेकी छन् । 

आयोगले प्रधानमन्त्री निवास बालुवाटार परिसरको आठ आना जग्गा सरकारी भएको बताएको छ। 

मन्त्री अर्यालले भनिन्, ‘जति कित्ता रोकिएको छ त्यो कित्ताभित्र विष्णु पौडेलको छोरा नवीन पौडेलको जग्गा पर्छ । अहिले सबै  (प्रधानमन्त्री निवास परिसर) रोक दिएको छ।’ 

 





  • प्रकाशित मिति : बैशाख १६, २०७६ साेमबार १२:४७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया