बुढिगण्डकी र पश्चिम सेती जलविद्युत आयोजनाका लागि लगानी अभाव : उर्जामन्त्री

काठमाडौं– उर्जामन्त्री वर्षमान पुनले पश्चिम सेती जलविद्युत आयोजना र बुढिगण्डकी जलविद्युत आयोजनाका लागि लगानी अभाव रहेको बताएका छन् ।  लगानी अभावकै कारण ती आयोजनाका काम अघि बढाउन नसकिएको स्पष्ट पारे ।  

मन्त्री पुनले स्थानीय जनतालाई विश्वासमा लिएर मात्रै कुनै पनि जलविद्युत आयोजनाको कामलाई अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरे । आइतबार उत्तरगंगा जलविद्युत आयोजनाका सरोकारवालासँगको छलफलमा मन्त्री पुनले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

अहिले सो आयोजनाको विस्तृत अध्ययनको काम अघि बढाइएको पनि स्पष्ट पार्दै मन्त्री पुनले स्थानीय जनता र राजनीतिक दलको सहमतिमा मात्रै सो आयोजनाको काम अघि बढाउने बाचा गरे । बाग्लुङ र रुकुम जिल्लाको सीमामा पर्ने सो आयोजनाको विस्तृत अध्ययनका लागि नेपाल विद्युत प्राधिकरणले आफ्नो काम अघि बढाएको छ । 

प्राविधिक अध्ययनपछि त्यसैका आधारमा छलफल गरेर सो आयोजनाको काम अघि बढाउने सरकारको योजना रहेको मन्त्री पुनले  स्पष्ट पारे । वर्षाको पानी संकलन गरेर हिउँदमा विद्युत उत्पादन गर्ने गरी सरकारले सो आयोजनाको विस्तृत अध्ययनको कामलाई अघि बढाउने योजना बनाएको छ । 

नदीको बहाव क्षेत्रमै सो आयोजनाको कामलाई अघि बढाउन उपयुक्त हुने सुझाब दिँदै सरोकारवाला निकायले आयोजनाको कामलाई अघि बढाउँदा स्थानीय जनताको हित हुने गरी अघि बढाउन मन्त्री पुनलाई आग्ह गरेका छन् । 





  • प्रकाशित मिति : बैशाख १६, २०७६ साेमबार १६:२२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया