चीनमा राष्ट्रपतिको भव्य स्वागत, चीनले डेढ अर्ब अनुदान दिने

काठमाडौं– गणतान्त्रिक नेपालको राष्ट्रप्रमुखको पहिलो चीन भ्रमण निकै सफल मानिएको छ । चीनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भव्य सम्मान दिएको छ । 

सोमबार ग्रेट हल अफ दि पिपुलको पब्लिक स्क्वायरमा भण्डारीको स्वागतमा चिनियाँ राष्ट्रपति सी जिनपिङले स्वागत समारोह आयोजना गरेका थिए । 

यसैबीच चीनले नेपाललाई १ अर्ब ६० करोड रुपैयाँ अनुदान सहयोग गर्ने घोषणा पनि गरेको छ । दुई राष्ट्रपतिबीच भएको वार्तापछि यो घोषणा गरिएको हो । साथै, चीन र नेपालबीच यातायात तथा पारवाहन प्रोटोकलसहित ७ वटा सम्झौतामा हस्ताक्षर पनि भएको छ ।

सोमबार चीनमा भएको दुई राष्ट्रपतिबीचको भेटघाटमा चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरुको पनि उपस्थिति थियो । कार्यक्रममा चिनियाँ सैनिक अकेस्ट्राले दुवै देशका राष्ट्रगान बजाएका थिए । राष्ट्रपति भण्डारीलाई २१ तोपको सलामी पनि दिइयो । 

भेटमा राष्ट्रपति भण्डारीले सीलाई नेपाल भ्रमणको निम्तो पनि दिइन् । सीले यसअघिको जस्तै नेपाल भ्रमण आउने प्रतिबद्धता जनाए । ‘नेपाल भ्रमण गर्न पाउनु मेरालागि सौभाग्य हो,’ उनले भने । उनले नेपालले सन् २०२० लाई भ्रमण वर्ष मनाउने निर्णय गरेकामा चिनियाँ नागरिकलाई नेपाल भ्रमणमा जान प्रेरित गर्ने पनि प्रतिबद्धता जनाए । 

दुवै राष्ट्रपतिको उपस्थितिमा भएका सात सम्झौताले अब नेपालले तेस्रो मुलुकसँग व्यापार गर्ने बाटोलाई मान्यता दिएको छ ।






  • प्रकाशित मिति : बैशाख १७, २०७६ मंगलबार ०:४७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया