logo-img

नेपालको ओडिआई वरीयतामा एक स्थान सुधार
फाइल तस्बिर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । नयाँ वरीयताअनुसार नेपाल १६औँ स्थानमा उक्लिएको हो । क्यानडा १८औँ स्थानमा झर्दा नेपालको वरीयतामा सुधार भएको हो ।  

ओडिआईमा नेपालको उत्कृष्ट वरीयता १४औँ स्थान हो । नेपालले उक्त उपलब्धि सन् २०१९ मा हासिल गरेको थियो । त्यसयता भने नेपालले वरीयतामा व्यापक सुधार गर्न सकेको छैन । नेपालसामु अब आसन्न क्यानडा भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेर वरीयतामा थप सुधार गर्ने मौका छ । 

हाल एसोसियट राष्ट्रमा स्कटल्याण्ड ओडिआई र टी–२० आईतर्फ शीर्ष स्थानमा छ । समग्रमा भने ऊ ओडिआई वरीयताको ११औँ स्थानमा छ । यस्तै, एसोसियटतर्फ दोस्रोमा नेदरल्याण्ड्स, तेस्रोमा नामिबिया र चौथो स्थानमा नेपाल रहेको छ । 

नेपालभन्दा पछाडि ओमान, क्यानडा, अमेरिका र यूएई रहेका छन् । यस्तै, नेपाल टी–२० आई वरीयतामा १७औँ स्थानमा कायमै छ । टी–२० आईमा एसोसियट राष्ट्रमा नेपाल पाँचौं स्थानमा छ । 



नेपालभन्दा अगाडि स्कटल्याण्ड, नामिबिया, नेदरल्याण्ड्स र यूएई रहेका छन् । टी–२० आईमा नेपालको उत्कृष्ट वरीयता ११औँ स्थान हो । नेपालले उक्त उपलब्धि सन् २०१९ मा हासिल गरेको थियो ।  





  • प्रकाशित मिति : भदौ ६, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया