जनकपुरधाम– संघीय समाजवादी फोरम नेपाल प्रदेश–२ को अध्यक्षमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव निर्वाचित भएका छन् । यादव पार्टीका केन्द्रीय कोषाध्यक्षसमेत हुन् ।
सोमबार राति सिरहाको लहानमा प्रदेश २ को अध्यक्ष चुन्न मतदान भएको थियो । बहालवाला अध्यक्ष रेणु यादवसँग विजयको मुकावला परेको थियो ।
विजयले रेणुलाई ३७ मतले हराए । विजयले १ सय ८४ मत पाउँदा रेणुको नाममा १ सय ४७ मत खस्यो ।
५१ सदस्यीय प्रदेश समितिमा अध्यक्ष र एक कोषाध्यक्षसहित ४१ जनाका लागि निर्वाचन भएको थियो । बाँकी १० जना मनोनीत हुनेछन् । जसमा तीन उपाध्यक्ष, एक महासचिव, एक सचिव र एक कोषाध्यक्ष रहनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।