नागरिकता विधेयकमाथि साझा विवेकशीलको धारणा : नेपालीसँग बिहे गर्ने विदेशीलाई ७ वर्षपछि नागरिकता

काठमाडौं– साझा विवेकशील पार्टीले नागरिकता विधेयकमाथि आफ्नो धारणा सार्वजनिक गरेको छ । मंगलबार यसबारे धारणा राख्दै साझा विवेकशील पार्टीले महिला या पुरुष जो भए पनि नेपालीसँग बिहे गर्ने विदेशी नागरिकलाई ७ वर्ष नेपालमै स्थायी बसोवासपछि नागरिकता दिने व्यवस्था गर्नुपर्ने बताएको हो ।

अहिले नेपालमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले विदेशी नागरिकता त्याग गरेको प्रमाण पेस गर्नेबित्तिकै नागरिकता पाउने व्यवस्था छ भने नेपाली महिलासँग बिहे गरेका विदेशी पुरुषले नागरिकता पाउने व्यवस्था छैन । 

साझा विवेकशीलले आमाको नागरिकता लिँदा बुबाको पहिचान खुलाउनुपर्ने व्यवस्था विभेदकारी रहेको भन्दै सम्भव भए बुबाआमा दुवैको परिचय खुलाउनु उपयुक्त हुने बताएको छ । प्रवक्ता सूर्यराज आचार्यद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘त्यसो गर्दा महिला र पुरूषबीच नागरिकता वितरणमा रहेको एउटा प्रमुख विभेद अन्त्य हुन्छ ।’

साझा विवेकशीलले जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकबाट जन्मिएका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्नु न्यायसंगत हुने पनि बताएको छ । साथै २०५४ सालमा जितेन्द्रनारायण देवको समितिले ३४ हजार व्यक्तिलाई जन्मको आधारमा दिएको नागरिकता खारेज गर्न पनि सो पार्टीले माग गरेको छ ।





  • प्रकाशित मिति : बैशाख १७, २०७६ मंगलबार १४:३८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया