विप्लव समूहमाथिको प्रतिबन्ध हट्दैन : प्रधानमन्त्री

काठमाडौं– सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध नहटाउने भएको छ । प्रधानमन्त्री केपी ओलीले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध नहट्ने प्रस्ट पारेका हुन् । 

प्रधानमन्त्री ओलीले मंगलबार नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै जनताका नाममा बम पड्काउन, उदण्डता मच्चाउन नदिइने बताए ।

प्रतिबन्ध फिर्ता गर्नुपर्ने विपक्षी दललगायतको सुझाबप्रति संकेत गर्दै उनले भने, ‘कतिपयले फिर्ता लिनुपर्छ भनिरहेका छन् । बम पड्काउन पाइन्न पनि भन्ने फिर्ता लिने ? यो हुँदैन ।’ विप्लव समूहले हतियार नबुझाए सरकारले नियन्त्रण गर्ने उनको भनाइ थियो । 

केही महिनाअघि नख्खुमा रहेको एनसmेलको टावर विस्फोटको जिम्मा विप्लव समूहले लिएपछि सरकारले सो समूहमाथि २८ फागुनमा प्रतिबन्ध लगाएको थियो । 





  • प्रकाशित मिति : बैशाख १७, २०७६ मंगलबार १६:०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया