१० वर्षीया बहिनीले आत्महत्या गरेपछि दिदीले दिइन् झड्केलो बाबुविरुद्ध बलात्कारको उजुरी

विराटनगर– विराटनगरमा १० वर्षीया बालिकाले आत्महत्या गरेकी छिन् । बहिनीले आत्महत्या गरेपछि उनकी १४ वर्षीया दिदीले झड्केलो बाबुले बलात्कार प्रयास गरेको र त्यही मानसिक यातनाका कारण बहिनीले आत्महत्या गरेकाे भन्दै उजुरी दिएकी छिन् । आफ्ना बाबुको दुर्घटनामा मृत्यु भएपछि मृतकसहित तीन बालिका आमाले दोस्रो बिहे गरेका झड्केलो बाबुसँग बस्दै आएका थिए ।

आइतबार झुन्डिएको अवस्थामा बहिनीको शव फेला परेपछि सोमबार उनकी दिदीले झड्केलो बाबुबिरुद्ध बलात्कार प्रयासको किटानी जाहेरी दिएकी हुन् । उजुरीमा बुबाले बलात्कार प्रयास गरी मानसिक यातना दिएका कारण बहिनीले आत्महत्या गरेको दाबी गरिएको छ ।

उजुरीपछि जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार नै झड्केलो बुबालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । आरोपीलाई जबरजस्ती करणी उद्योगसम्बन्धी मुद्दा दायर गरी अनुसन्धान सुरु गरिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा बालिकाले आत्महत्या गरेको देखिएको छ । आइतबार आमाबुबा काममा निस्किएको वेला पारेर बालिकाले घरको सिलिङमा पासो लगाएर आत्महत्या गरेको पहरीको भनाइ छ । 

उजुरीकर्ताले यसअघि वैशाख १ गते झड्केलो बाबुले आफूलाई जबर्जस्ती करणी प्रयास गरेको बताएकी छिन् । आफूमाथि दुर्व्यवहार भएको १५ दिनपछि बहिनीले आत्महत्या गरेपछि दिदीले बुबाबिरुद्ध जाहेरी दिएकी हुन् ।





  • प्रकाशित मिति : बैशाख १७, २०७६ मंगलबार १७:१३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया