फेसबुकले पाँचौ जेनेरेसन ल्याउने

एजेन्सी– व्यक्तिगत गोपनियता लिक गरेको भनेर आलोचना भइरहेको फेसबुकले आफ्नो एपमा परिवर्तन ल्याउने घोषणा गरेको छ । फेसबुकका अनुसार अब उसको एप तथा पूरै फेसबुक निकै सुरक्षित हुनेछ । 

फेसबुकका संस्थापक तथा मुख्य कार्यकारी मार्क जुकरबर्गले यो वर्ष नै फेसबुकले आफ्नो पाँचौ जेनेरेसन रिलिज गर्ने र फेसबुक थप सुरक्षित हुने बताएका छन् । 

यतिमात्र होइन, जुकरबर्गले अब मेसेन्जर तथा ह्वाट्सयप प्रयोग गर्नेहरुको च्याट केवल च्याट गरिरहेकाहरुलाई मात्र रहने पनि बताएका छन् । अब यसरी गरिएको च्याट सरकार, ह्याकर वा फेसबुक कसैले पनि देख्न नमिल्ने उनले बताएका छन् ।

विश्वमा गोपनियताको विषयमा यो नै ऐतिहासिक कदम हुने मार्क जुकरबर्गले बताएका छन् ।





  • प्रकाशित मिति : बैशाख १८, २०७६ बुधबार ९:१४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया