बालबालिकालाई मोटोपनबाट बचाउन...

एजेन्सी– मोटोपन हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले जुनसुकै उमेरका मानिसलाई आफ्नो दाउमा पार्न सक्छ । मोटोपन हुनुमा हामी आफैँ पनि जिम्मेवार छौँ । जीवनशैली परिवर्तनसँगै हिजोआज स–साना बालबालिका मोटोपनको सिकार बनिरहेका छन् । बच्चामै मोटाउनुले पछि डाइबिटिज, क्यान्सर, ब्लड प्रेसरजस्ता रोग निम्तिन सक्ने डाक्टरहरूको भनाइ छ ।

मोटोपन हुनुको कारण

१. शारीरिक गितिविधिमा कम रुचि हुनु 
जुन बालबालिकामा भित्रैदेखि खेल्ने उफ्रिने इच्छाशक्ति कम हुन्छ वा उनीहरू घरमै खेल्ने हुनाले बाहिर निस्किँदैनन् । त्यसैगरी जुन बालबालिका शारीरिक क्रियाकलापमा कम चासो देखाउँछन्, त्यस्ता बालबालिका नै मोटोपनको सिकार बन्छन् ।

२. खानपान 
आजभोलिका बच्चाहरू पौष्टिक आहार खान त्यति मन पराउँदैनन् । उनीहरू खासगरी जंकफुड बढी मन पराउँछन् । यो सजिलै पाइन्छ । दैनिक रूपमा यस्तै खानपानले गर्दा उनीहरूमा दिन–प्रतिदिन मोटाउँदै गइरहेका छन् ।

३. वंशाणुगत गुण
सामान्यतः आमाबाबु मोटा छन् भने उनीहरूको बालबालिका पनि मोटो हुने सम्भावना अधिक हुन्छ । आमाबाबुमध्ये जो–कोही एकजना मोटो भए पनि बच्चामा मोटोपन देखिन सक्छ । यसरी वंशाणुगत गुणका कारण पनि बच्चामा मोटोपन बढ्न सक्छ ।

४. बालबालिकाहरूको जिद्दी
अभिभावकको लाडप्यारका कारण हिजोआजका बच्चा अलि जिद्दी स्वभावका हुन्छन् । जसका कारण उनीहरूको
कुरा आमाबाबुले मान्नुपर्ने हुन्छ । यस्ता बच्चाहरू टेलिभिजन वा गेम खेलेर दिनभरि बसिरहेका हुन्छन् । अरू कुनै काम नै गर्दैनन् । यसले गर्दा शारीरिक क्रियाकलाप वा गतिविधि हुन पाउँदैन र बिस्तारै मोटोपनले छुन थाल्छ ।



५. तनावका कारण
वर्तमान समयका बालबालिकामा तनावको समस्या देखापरिरहेको छ । यसका साथै उनीहरूमा आत्मविश्वास पनि घट्दै गइरहेको छ । यस्ता समस्याका कारण बच्चा डिप्रेसनमा जान्छ । जसले गर्दा पनि मोटोपन सुरु हुन थाल्छ ।

मोटोपनका कारण यस्ता समस्या 



१. सानै उमेरमा मोटोपनको सिकार हुँदा बच्चाहरूमा नबढ्ने समस्या हुन सक्छ ।
२. बालबालिकाको शरीरका विभिन्न अंग राम्ररी विकास हुन पाउँदैन ।
३. हिँड्डुल गर्न समस्या हुन सक्छ । शरीरमा पीडा पनि हुन्छ ।
४. मोटा बालबालिकालाई सास फेर्न पनि गाह्रो हुन्छ । थोरै काम गर्नेबित्तिकै थाक्ने समस्या पनि हुन्छ ।

बालबालिकालाई यस्तो बानीको विकास गराउनुपर्छ 

१. सानैदेखि नै बेसार खाने बानी बसाल्नुपर्छ ।
२. धेरै क्यालोरी भएको र चिल्लो खानेकुराबाट टाढा राख्नुपर्छ ।
३. अभिभावकले बालबालिकालाई सकेसम्म शारीरिक क्रियाकलाप वा गतिविधिमा सामेल हुन प्रेरित गर्नुपर्छ ।
४. आमाबाबुले बालिबालिकालाई घरभित्रै धेरै खेल्न लगाउनुभन्दा बाहिरतिर खुला ठाउँमा खेल्न प्रेरित गर्नुपर्छ ।

  • प्रकाशित मिति : बैशाख १८, २०७६ बुधबार १४:३०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया