लैनचौरस्थित ग्रिनहाउस सरे उपराष्ट्रपति पुन

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुन बुधबारदेखि लैनचौरस्थित समाज कल्याण परिषद्को कार्यालय रहेको भवन (ग्रिनहाउस)मा सरेको उनको सचिवालयले जानकारी दिएको छ । यसअघि उनी गैह्रीधारास्थित सरकारी निवासमा बस्थे । 

अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको अवसर पारेर उपराष्ट्रपति पुन नयाँ भवनमा सरेका हुन् । सरकारले गत वर्ष कल्याण परिषद्को कार्यालय रहेको भवनलाई उपराष्ट्रपतिको कार्यालय तथा निवासका लागि (उपराष्ट्रपति भवन) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

उक्त भवनलाई ‘ग्रिनहाउस’नामाकरण गरिएको पुनको सचिवालयले जानकारी दिएको छ । उपराष्ट्रपति भवनको मर्मतको काम बाँकी रहेकाले कार्यालय भने केही दिनपछि मात्रै सर्नेछ । 

यसअघि उपराष्ट्रपतिको निवास र कार्यालय फरक–फरक स्थानमा भएकोमा अब एकै स्थानमा हुनेछ । उपराष्ट्रपतिको कार्यालय हाल निर्वाचन आयोगको भवनभित्रै रहेको छ ।





  • प्रकाशित मिति : बैशाख १८, २०७६ बुधबार १६:५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया