वृद्धभत्ता यसैपालि पाँच हजार पुर्याइने मन्त्री पोखरेलको आश्वासन

महोत्तरी– सरकारले आगामी आर्थिक वर्षको बजेटबाट ज्येष्ठ नागरिकको भत्ता पाँच हजार बनाउने भएको छ । महोत्तरीको बर्दिवास नगरपालिकामा आयोजित एक कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले यो जानकारी गराएका हुन् ।

बर्दिवास मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय उद्घाटनका लागि महोत्तरी पुगेका पोखरेलले सरकारले यसपटकको बजेटमा कृषि र उत्पादनमा जोड दिने गरी नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको बताए ।

चुनावअघि वृद्धभत्ता बढाएर पाँच हजार पुर्याउने प्रतिबद्धता जनाएको नेकपा सरकारले पहिलो बजेटमा भत्ता नबढाएछि सरकारको आलोचना भएको थियो । केही साताअघि प्रधानमन्त्री केपी ओलीले यसपटकको बजेटमा वृद्धभत्ता बढ्ने बताएका थिए । तर, उनले कति पुर्याउने भनेर खुलाएका थिएनन् ।





  • प्रकाशित मिति : बैशाख १८, २०७६ बुधबार १८:२८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया