रोनाल्डोले किने डेढ अर्बको कार

काठमाडौं– फुटबलर क्रिस्टियानो रोनाल्डोले संसारकै सबैभन्दा महँगो कार किनेका छन् । उनले बुगाटी ला भुइचर नोयर कार किनेको बताइएको छ ।

डेलिमेलका अनुसार यो कारको मूल्य ९५ लाख पाउन्ड (१ अर्ब ३८ करोड २५ लाख नेपाली रुपैयाँ) पर्छ । यो अहिलेसम्म बनेका कारमध्ये सबैभन्दा महँगो कार हो । 

यो कार बजारमा आइसकेको छैन । पहिलोपटक यो कार जेनेभा मोटर सो २०१९ मा प्रदर्शन गरिएको थियो ।

बुगाटीले अहिले यो कारको एक मात्र प्रोटोटाइप निर्माण गरेको बताइएको छ । कम्पनीको ११०औँ स्थापना दिवसको अवसरमा बनाइएको यही एक मात्र सुपरकार रोनाल्डोले किनेका हुन् ।

रोनाल्डो महँगो कारका सौखिन छन् र उनको कलेक्सनमा पहिल्यै महँगा कार छन् । 





  • प्रकाशित मिति : बैशाख १८, २०७६ बुधबार १८:३७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया