logo-img

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको हुदाँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । 

जसका कारण सोमबार देशभर साधारण बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य भू–भागका केही स्थानहरूमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । 

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । 

राति कोशी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानसँगै लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।





  • प्रकाशित मिति : भदौ २४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया