अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नाे कार्यकालमा अहिलेसम्म १० हजार झुट र भ्रामक दावी गरेका छन् । राष्ट्रपति कार्यकालकाे ८२७ दिनसम्म उनले यति धेरै झुट बाेलेका हुन् । याे तथ्यांक २६ अप्रिलसम्मकाे हाे ।
अमेरिकी पत्रिका वासिंग्टन पाेस्टकाे फ्याक्ट चेकिंग वेभसाइटका अनुसार ट्रम्पले ६०१ दिनमा ५ हजार पटक झुट बाेलेका थिए । औसतमा उनले प्रतिदिन ८ झुट बाेलेका थिए । तर अहिले ५ हजार झुट २२६ दिनमा बाेलेका छन् । औसतमा ट्रम्पले प्रतिदिन २३ झुट जनता सामु बाेल्ने गरेका छन् ।
एक्सपर्टका अनुसार ट्रम्पले मध्यावधि चुनाव र मेक्सिकाे सीमामा पर्खाल बनाउने विषयमा सबैभन्दा धेरै भ्रामक र झुटाे दावी गरेका छन् । याेबाहेक उनले इमिग्रेशनका मुद्दामा पनि त्यति नै धेरै झुट बाेलेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।