लिभरपुलमाथि बार्सिलोनाको सहज जित, बार्साका लागि मेस्सीले पुर्याए ६०० गोल

मड्रिड– च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरपुललाई ३–० ले हराएको छ । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले २ र लुइस स्वारेजले १ गोल गरे ।

घरेलु मैदानमा भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब लिभरपुललाई बल खेलाउन त दियो, तर गोल गर्न दिएन । खेलमा ५२ प्रतिशत बल पोजिसन राख्दा–राख्दै लिभरपुल ३ गोल खान पुग्यो । 

२६औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । पहिलो हाफमा थप गोल भएन । 

दोस्रो हाफमा कप्ताल लियोनल मेस्सीले २ गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए । मेस्सीले ७५औं र ८२औं मिनेटमा गोल गरे । योसँगै मेस्सीले बार्सिलोनाका लागि गरेको गोल संख्या ६०० पुगेको छ । एउटै क्लबका लागि उनले भन्दा धेरै गोल गर्नेमा लेजेन्ड फुटबलर पेले छन् । उनले ब्राजिलियन क्लब सान्तोसका लागि ६४३ गोल गरेका छन् । 

हारसँगै लिभरपुलको फाइनल यात्रा कठिन भएको छ । बार्सिलोनाका लागि भने फाइनल प्रवेश सहज भएको छ ।  





  • प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार ८:३८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया