logo-img

पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन

पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको बुधबार राजधानी लिमामा ८६ वर्षको उमेरमा निधन भएको छ ।

'क्यान्सरसँग लामो लडाइँ पछि बुबा अल्बर्टो फुजिमोरी प्रभुलाई भेट्न भर्खरै प्रस्थान गर्नुभएको छ,' फुजिमोरीकी छोरी केइकोले सामाजिक सञ्जाल एक्समा लेखेकी छिन् । 

गत अगस्टमा जिब्रोको क्यान्सरको उपचार पूरा गरेपछि फुजिमोरीको स्वास्थ्य अवस्था निकै बिग्रिएको उनको परिवारनिकट स्रोतले बुधबार एएफपीलाई बताएको थियो । लिमाको मिराफ्लोरेस जिल्लाको एक क्लिनिकबाट निस्कँदै गर्दा उनलाई अन्तिमपटक बिहीबार सार्वजनिक रूपमा देखिएको थियो। 

सन् १९९० देखि सन् २००० सम्म पेरुको राष्ट्रपति बनेका फुजिमोरीलाई डिसेम्बरमा मानवीय आधारमा जेलबाट रिहा गरिएको थियो। उनले पेरुको साइनिङ पाथ र टुपाक अमारु वामपन्थी विद्रोही विरुद्धको युद्धमा सरकारी सेना साइनिङ पाथ र टुपाक अमारु वामपन्थी आन्दोलनलाई दबाउने भूमिकाका लागि समर्थकले उनलाई एक सफल राजनीतिज्ञका रूपमा सम्झिने गर्छन् भने पेरुका साइनिङ पाथ र टुपाक अमारु वामपन्थी विद्रोहीले उनलाई एक निरंकुश शासकको रूपमा हेर्ने गर्छन् ।

सरकारी सत्यनिरूपण आयोगका अनुसार सन् १९८० देखि सन् २००० सम्मको अवधिमा ६९ हजारभन्दा बढीको मृत्यु भएको थियो भने २१ हजार बेपत्ता भएका थिए ।

सन् १९९१ र सन् १९९२ मा सेनाको ‘डेथ स्क्वाड’ले गरेको नरसंहारमा एक बालकसहित २५ जनाको मृत्यु भएको आरोपमा सन् २००९ मा जापानी मूलका फुजिमोरीलाई जेल पठाइएको थियो । सन् २०१७ को डिसेम्बरमा तत्कालीन राष्ट्रपति पेड्रो पाब्लो कुजिन्स्कीले फुजिमोरीलाई उनको खराब स्वास्थ्यका कारण उपचारका लागि जेल सजाय माफी गरिदिएका थिए ।



तर, पछि सर्वोच्च अदालतले माफी खारेज गरेको र जनवरी २०१९ मा उहाँ अस्पतालबाट जेल फर्काइएको थियो। तर, सन् २०२३ को डिसेम्बरमा अदालतले उनलाई पुनः माफी दिएपछि उनलाई रिहा गरिएको थियो । सन् १९९६ को अन्त्यदेखि सन् १९९७ को सुरुमा लिमास्थित जापानी दूतावासमा चार महिनासम्म बन्धक बनाइएको घटना उनको राष्ट्रपतिकालको सबैभन्दा नाटकीय घटना थियो।

फुजिमोरीले पठाएको कमाण्डोले १४ विद्रोहीलाई मारेको थियो भने सबै ७२ जना बन्धकको उद्धार गरेको थियो । 



शासनको पछिल्ला वर्षहरूमा उनको गुप्तचर प्रमुख भ्लादिमिरो मोन्टेसिनोसको संलग्नता रहेको घुस काण्डमा संलग्नताको आरोप पनि उनीमाथि लागेको थियो ।

  • प्रकाशित मिति : भदौ २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया