प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे मन्त्रिपरिषदमा रहेका मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन्।
प्रधानमन्त्री ओलीले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री र मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका हुन्। कार्यक्रममा मन्त्रालयका सचिव र उच्च अधिकारी पनि सहभागी थिए ।
उनले जनताका समस्या समाधान गर्ने गरी कार्ययोजना पेस गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । मन्त्रीहरू कार्ययोजना हेरेपछि त्यसमा आवश्यक परामर्श दिने प्रधानमन्त्रीकाे तयारी छ ।
सरकारको कामलाई गति दिनका लागि ओलीले आफू नेतृत्वमा सरकार गठन भएको दुई महिनापछि कार्यसम्पादन सम्झौता अगाडि बढाएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।