logo-img

अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमणमा ल्याउने प्रस्तावित राजदूत रेग्मीकाे प्रतिबद्धता

संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत लोकदर्शन रेग्मीले आफू सो देशको राजदूतमा नियुक्त भएमा अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमणमा ल्याउने प्रतिबद्धता जनाएका छन् । 

बिहीबार भएको संसदीय सुनुवाइका क्रममा उनले यस्तो बताएका हुन् । उनले नेपालका प्रधानमन्त्रीलाई अमेरिकाको भ्रमणको क्रममा त्यहाँको संसद्मा सम्बोधन गर्ने वातावरण बनाउने पनि उनले दाबी गरे । 

नेपालको संघीय संसद् र अमेरिकी कांग्रेसबीच भ्रमणको आदानप्रदानका लागि आवश्यक समन्वय गर्ने पनि उनले विश्वास दिलाए । 

नेपाल सरकारका पूर्वमुख्यसचिवसमेत रहेका रेग्मीलाई सरकारले अमेरिकाकाे राजदूत प्रस्ताव गरेकाे छ । उनी यसअघि बेलायतकाे राजदूत थिए । 





  • प्रकाशित मिति : भदौ २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया