logo-img

नेपाल र भारतका विभिन्न सहरबीच सीधा हवाई सम्पर्क स्थापना गर्न नागरिक उड्डयनमन्त्री पाण्डेकाे प्रस्ताव

संस्कृति, पर्यटन तथा नागरिकउड्डयनमन्त्री बद्री पाण्डेले नेपाल र भारतबीच थप हवाई प्रवेश मार्ग तथा दुई देशका विभिन्न सहरहरूबीच सीधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा भारतका नागरिक उड्डयनमन्त्री राममोहन नाइडु किन्जारापुसँग छलफल गरेका छन्। 

भारतको नयाँ दिल्लीमा बुधबारबाट जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को एसिया प्रशान्त क्षेत्रको मन्त्रिस्तरीय दोस्रो सम्मेलनका लागि हाल मन्त्री पाण्डे हाल भारत भ्रमणमा छन् ।
बिहीबार भारतका नागरिक उड्डयनमन्त्री किन्जारापुसँगको साइडलाइन भेटघाटका क्रममा उनले यस विषयमा छलफल गरेका हुन्।

भेटका क्रममा मन्त्री पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सहित तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहेको बताए।

साथै, भारतको बढ्दो गतिमा अघि बढेको नागरिक उड्डयन क्षेत्रले भारतका विभिन्न सहरबाट नेपाली सहरहरूमा थप सीधा उडान तथा अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट सीधै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक संयन्त्र परिचालन गर्न भारतीय पक्षसँग आग्रह गरे।

उनले पोखरा नेपालका पर्यटकीय राजधानीका रूपमा विकसित भइ रहेको र विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रमण गरेपछि अहिले ठूलो संख्यामा भारतीय धार्मिक पर्यटकले मुक्तिनाथको दर्शन गर्न जाने थालेको स्मरण गराए।





  • प्रकाशित मिति : भदौ २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया