logo-img

देशभरका २१ उत्कृष्ट स्थानीय तहलाई कांग्रेसले गर्यो सम्मान

नेपाली कांग्रेसले संस्थागत क्षमतामा उत्कृष्ट हुने २१ स्थानीय तहलाई सम्मान गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित एक समारोहकाबीच पार्टी सभापति शेरबहादुर देउवा एवं पार्टीका पदाधिकारीले सम्मान गरेका हुन् ।

आर्थिक वर्ष २०७९–८० मा स्थानीय तह संस्थागत क्षमतामा उत्कृष्ट हुने चार गाउँपालिका र तीन नगरपालिका गरेर सात स्थानीय तहलाई सम्मान गरेको हो। 

यस्तै, २०७९–०८० मा सम्पन्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा चार गाउँपालिका र चार नगरपालिका गरेर आठवटा स्थानीय तहलाई सम्मान गरिएको हो  ।

यस्तै, महालेखापरीक्षकको आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रतिवेदनअनुसार कम बेरुजु हुने तीन गाउँपालिका र तीन नगरपालिका गरेर ६ स्थानीय तहलाई पनि सम्मान गरेको छ । सम्मान कार्यक्रमलाई नै सम्बोधन गर्दै महामन्त्री गगन थापाले जनतासँग गरेका बाचालाई स्थानीय सरकारले इमान्दारका साथ पूरा गनुपर्ने बताएका छन् । उनले बाचाअनुरूप काम गर्न सुझाब दिए । 

उनले  भने, ‘हामीले ३३२ वटा पालिकामा नेतृत्व प्राप्त गर्यौैं । स्थानीय सरकारमा सबैभन्दा ठूलो पार्टी हौँ । केही बाचा गरेर स्थानीय सरकारको जिम्मेवारी प्राप्त गरेका हौँ, संकल्प पत्रमा ती कुरा स्पष्टसँग उल्लेख गरेका छौँ । त्यस्ता बाचाअनुरुप काम गर्नु परिणाम आउँछ, आउँदैन त्यो सबै हाम्रो नियन्त्रणमा छैन, तर त्यसका निम्ति प्रयत्न गर्नु निर्वाचित हुने सबैको कर्तव्य र धर्म हो ।’

साथै उनले चोक चौतारीमा बसेर यो  खराब ऊ खराब भनेर आरोप लगाउन नहुने बताए । उनले आफ्नो पार्टीका प्रतिनिधिले कस्तो काम गरेका छन् त्यो सबै अनुगमन र निगरानीमा राखिनुपर्ने बताए । 



 



  • प्रकाशित मिति : भदौ २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया