राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न चार मुलुकका नवनियुक्त गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि क्यानमारका आवसीय राजदुत म्यो मिन्ट माउङ, अष्ट्रेलियाका आवसीय राजदुत लीन एलिजाबेथजोनस्टन, फ्रान्सका आवसीय राजदूत भर्जिनिया फसल र जाम्बियाका गैरआवसीय राजदूत पर्सी प्यासन चन्दले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।
उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीसमेतको उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।