logo-img

देउवाको दाबी : कांग्रेस र एमाले मिल्दा देशमा खुसियाली

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमाले मिल्दा देशमा खुसियाली आएको बताएका छन् । बिहीबार पार्टीबाट विजयी स्थानीय तहका प्रमुखलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सुरुमा पार्टीका सबै साथीहरू चिन्तित भए पनि अहिले आएर पार्टीका नेता मात्र नभई देशमा नै खुसी ल्याएको बताएका हुन् । 

उनले  भने,  ‘हिजो एमाले र माओवादी मिल्दा पार्टीका सबै साथीहरू चिन्तित थिए, डराइरहेका थिए । साथीहरूको भावनाअनुसार मैले एमालेका नेता केपी ओलीसँग कुरा गरेर सहमतिमा पुग्यौँ । सहमतिले उहाँ प्रधानमन्त्री हुनुहुन्छ । दुई  वर्षपछि उहाँले प्रधानमन्त्री छोड्ने सहमति भएको छ । साथसाथै दुईवटा पार्टीको बीचमा जुन सहमति भएको छ त्यसले मलाई विश्वास छ ओलीजीको पनि त्यस्तो अरू पार्टी सिध्याउने कुरा गर्नुभएको छैन । सबैलाई मिलाएर लैजान चाहन्छौँ । हामीबीच भएको सहमतिले देशभर खुसी ल्याएको छ ।’

साथै उनले पार्टी छोडेर गएकाहरू पुन पार्टीमा फर्किन थालेको बताए । उनले पार्टीलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको बताउँदै सचेत रहन पार्टी पदाधिकारीलाई आग्रह गरे । उनले दुई पार्टी मिलेपछि अरू पार्टीलाई सिध्याउने नीति कांग्रेसको नभएको बताए ।





  • प्रकाशित मिति : भदौ २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया