नेकपाको पोलिटब्यरो गठनमा सैद्धान्तिक सहमति

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पोलिटब्युरो सदस्य चयनमा सैद्धान्तिक सहमति जुटाएको छ । नेकपाले बुधबार पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम, रामबहादुर थापा ‘वादल’, प्रवक्ता नारायकाजी श्रेष्ठबीच भागबन्डको आधारमा पोलिटब्यरो गठनमा सैद्धान्तिक सहमति भएको हो  । 

पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधव कुमार नेपाल अमेरिका जानुपूर्व पोलिटब्युरो गठनमा सहमति जुटेको स्रोतले बताएको छ  । 

अध्यक्षद्वय ओली र प्रचण्डसँग भएको छलफलका क्रममा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रको केन्द्रीय कमिटीमा रहेकामध्ये वरिष्ठतालाई आधार मानेर पोलिटब्युरो सदस्य बनाउने सहमतिका आधारमा पोलिटब्युरो गठन गरिएको पार्टीले जनाएको छ । 

नेकपा पोलिटब्युरोमा ओली पक्षका ३८ जना, प्रचण्ड पक्षका ४९ जना, माधव नेपाल पक्षका ३६ जना, थापा पक्षका १० जना, गौतम पक्षका ७ र प्रवक्ता श्रेष्ठ पक्षमा ७ जना चयन गरिएको छ । पार्टीभित्र वरियता र गुटबन्दी मिलाउन नेतृत्वलाई सकस परेको थियो । 

नेकपाले यसअघि सचिवालय, स्थायी कमिटि, केन्द्रीय कमिटि र जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरूको टुंगो लगाइसकेको छ । 
 
 





  • प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार १०:३९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया