नयाँ शक्ति र फोरमबीच एकता घोषणा २३ गते गरिने

काठमाडौँ– डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपाल र उपप्रधानमन्त्री समेत रहेका उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच वैशाख २३ गते राष्ट्रिय सभागृहमा एकता घोषणा कार्यक्रम तय गरिएको छ । 

नयाँ शक्तिले २० गते पार्टीको सचिवालय बैठक बोलाएको छ । उक्त र्बठकमा एकताबारे निर्णय गर्ने बताइएको छ । सचिवालयको निर्णय २१ केन्द्रीय समितिमा अनुमोदनका लागि लगिनेछ  ।

२१ गते नै संघीय समाजवादी फोरमको केन्द्रीय समिति बैठकले नयाँ शक्तिसँग एकताको कार्यविधि पास गर्ने तयारी रहेको पनि बताइएको छ । 

सत्तारुढ नेकपाकै जस्तो द्विअध्यक्षात्मक प्रणालीमा डा. भट्टराई र यादवले नयाँ पार्टीलाई नेतृत्व गर्ने स्रोतले बताएको छ । तर वरिष्ठताका आधारमा डा।भट्टराई अगाडि छन् । 

राजनीतिमा आआफ्नो शक्ति क्षीण हुँदै गएपछि नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्न लागेको विश्लेषहरूको टिप्पणी छ । फोरम र नयाँ शक्तिबीच चुनाव अगाडि नै एकता गर्ने प्रयास भएपनि नेतृत्व विवादका कारण सफल हुन सकेको थिएन । 

पछिल्लो समय राजपा र फोरमबीच पनि एकता हुने चर्चा चलेको थियो । तर फोरमले राजपासँगभन्दा नयाँ शक्तिसँग पार्टी एकता अगाडि बढाएको छ । 



पार्टी एकताकै लागि राजपा र नयाँ शक्तिबीच पनि कुरा अगाडि बढेको स्रोतको दाबी छ । फोरम, राजपा, नयाँ शक्ति मिलेर राजनीतिमा तेस्रो शक्तिको रूपमा स्थापित हुने यि तिनै पार्टीको एउटै लक्ष्य छ । 

दोस्रो संविधान सभामा सोचेजस्तो नतिजा नआएपछि नयाँ शक्तिले विभिन्न पार्टीसँग एकताको पहल गर्दे आएको थियो । 




  • प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार ११:५४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया