ग्यासको मूल्य दुईथरी कायम गर्न माग

काठमाडौं– खाना पकाउने ग्यासको मूल्य दुईथरी कायम गर्न संसदको समितिमा माग उठेको छ । बिहीबार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै एक सांसदले व्यवसायी र घरायसी प्रयोजनका लागि छुट्टाछुट्टै मूल्य तोक्न माग गरेका हुन् ।   

व्यवसायिक प्रयोजनमा भ्याट छुटको व्यवस्था रहेको कारण दुई थरी मूल्य कायम गर्नुपर्ने भन्दै नेकपा सांसद कृष्णकुमार श्रेष्ठले व्यावसायिक र व्यक्तिगतलाई छुट्टाछुट्टै मूल्य कायम गर्न आग्रह गरेका हुन् ।

सरकारले यसअघि नीलो र रातो रङको सिलिन्डरमा ग्यास भरेर प्रयोगमा ल्याउने व्यवस्था गरेको थियो । तर, कमिसनको चलखेलका कारण सफल हुन नसकेको भन्दै अब भ्याट फिर्ता बैंकमार्फत हुनुपर्ने सांसद श्रेष्ठले बताए ।





  • प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार १३:४०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया