राष्ट्रिय सभाका नवनिर्वाचित दुई समिति सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार सिंहदरबारमा आज आयोजित समारोहकाबीच राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले, दुई समिति सभापतिलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा माओवादीका मायाप्रसाद शर्मा निर्वाचित भएका छन् भने विधायन व्यवस्थापन समितिको सभापतिमा एमालेकी तुलसा दाहाल निर्वाचित भएकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।