logo-img

संसदमा सांसद बस्नेतले भने- जनयुद्धलाई अपमानित गरिनु दुर्भाग्यपूर्ण

नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले १० वर्षे  जनआन्दोलनलाई  संसदमा अवमूल्यन हुने गरी बहस हुनु दुखद भएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको  बैठकमा बोल्दै  सांसद बस्नेतले सत्तारुढ दलका प्रतिनिधिहरूबाट १० वर्षको माओवादीको नेतृत्वको जनयुद्धको सशस्त्र संर्घषलाई अपमानित हुनु आफैँमा दुखद कुरा भएको बताएका हुन् ।

उनले  भने, ‘नेकपा माओवादीको नेतृत्वमा सञ्चालन भएको  १० वर्षे जनयुद्ध जसलाई विस्तृत शान्ति सम्झौताले र  संविधानले सशस्त्र संर्घषको रूपमा परिभाषित गरेको छ । आन्दोलनहरूको  योगदानलाई अवमूल्यन, अपमानित गर्ने गरी संसदमा बहस हुनु दुखद छ ।  सत्तारुढ दलका माननीयज्यूबाट व्यक्त भएका विचारहरू १० वर्षको  माओवादीको नेतृत्वको जनयुद्धलाई सशस्त्र संर्घषलाई अपमानित हुने गरेर व्यक्त भएका विचारहरूमा हाम्रो तर्फबाट असहमति र आपत्ति रहेको कुरा जानकारी गराउँछु । यस सन्दर्भमा हाम्रो विरोध रहेको संसदमा दर्ज गर्न चाहन्छु ।’

साथै उनले लाञ्छना र अपमानित गर्ने गरी  १० वर्षे  जनयुद्धलाई माओवादी हिंसाको रूपमा चित्रण गर्न नहुने बताए । उनले १० वर्षे  द्वन्द्वलाई हिंसाको रूपमा हेरिनु आफैँमा अनुपयुक्त भएको बताए । 





  • प्रकाशित मिति : भदौ ३१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया