राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले संसदमा राम्रा सिनहरू देखाउन नसकेकाले सभा अपमानित भइरहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले राम्रा विषयहरू संसदमा नउठ्दा जनताहरू निराश हुँदै गइरहेको बताएका हुन् ।
उनले भने, ‘नयाँ दल आएपछि संसदको बैठक देश विदेशबाट लाइभ हेर्नेको सङ्ख्या बढेको छ, दुर्भाग्य हामीले त्यस्तो राम्रा सिनहरू देखाउन नै पाइरहेका छैनौँ, यसले गर्दा प्रतिनिधिसभाको अपमान भइरहेको छ, जनताहरू निराश हुँदै गइरहेको अवस्था छ, केही समय अघि बिना कुनै प्रमाण संसदीय छानबिन विशेष समितिको माग गर्नुभयो, हामी अपमानित भएरै पनि बचतकर्ताको बचत फिर्तामा केही सहयोग हुन्छ भने बनाउनुहोस् भनेर बनाउन दियौँ, आशा गरौँ समितिले कसैको दबाब र कसैलाई फेबर नगरि रिर्पोट बुझाउने छ, तर हिजोदेखि फेरी हाम्रै विरुद्धमा मिडिया ट्रायल सुरु भएको छ, सदनमा भएका सांसदहरूलाई केही थाहा छैन, सम्बन्धित निकायलाई केही थाहा छैन, तर सबै सूचनाहरू यही हो भनेर मिडियालाई कसरी थाहा हुन्छ ? यो कुराप्रति ध्यानाकर्षण गराउन चाहन्छु ।’
साथै, उनले अहिले त यत्रतत्र प्रमाणै प्रमाण छताछुल्ल भएको बताए । उनले हामीसँग प्रमाण छ भनेर उफ्रिने सांसदहरू पनि सहकारीको पैसा अपचलनमा परेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।